लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ



काठमाडौँ । काठमाडौँ, धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीमा लागुऔषधसहित आठ जना पक्राउ परेका छन् ।
काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आइरहेको बसलाई जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरिएको छ ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।

पोखरा महानगरपालिका–१३ सङ्गमटोलका २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका–२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा मनाइयो अन्नपूर्ण आरोहण दिवस

गण्डकी ।  पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम

गोदावरीका मेयर महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब भन्दाबढी बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

देउखुरी । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

महोत्तरी । जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि