बाँकेमा प्रहरी सहायक निरीक्षक आठ हजार घुससहित पक्राउ



काठमाडौँ । बाँकेमा एकजना प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ गरेका छन् । बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी बुधबार आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै आठ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा दिवसमा प्रभातफेरी आयोजना

काठमाडौँ । आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नवलपुर (नवलपरासी) । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको

जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्याकाबारेमा राष्ट्रसङ्घ महासचिवको चासो

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी

तराई क्षेत्रमा आगामी तीन दिन तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा