बम्जनको घरमा प्रहरीको छापाः तीन करोड ३० लाख नगद बरामद



काठमाडौं । आफूलाई तपस्वी बनाउने रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई उनको बूढानिलकण्ठस्थित घरबाट मंगलबार राति पक्राउ गरेको थियो ।

उनको घरबाट तीन करोड ३० लाख नगद बरामद भएको सीआईबीले जनाएको छ । नगदसहित उनको घरबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप पनि बरामद भएको प्रहरीले जनाएको छ । बम्जनमाथि २०७३ साउन २० गते आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

प्रहरीले उनको घरमा पुगेपछि घरको दुई तल्लाबाट हाम फालेका बताइएको छ । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीको उमेर हद अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ

संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

झलनाथ खनाललाई प्रश्नः तपाईंहरु अर्को गठबन्धनतिर जान लाग्नुभएको हो ?

काठमाडौँ । नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रुपमा झलनाथ

माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैनः प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल