राप्रपा नेता अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख निर्वाचित



विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् ।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला  र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । झापाका विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश सभाको बैठकमा पटक–पटक प्रदेश खारेजीका पक्षमा आफ्नो विचार राख्दै आएका नेता हुन् । सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त थियो ।

सभामुखमा निर्वाचित बनेपछि विष्टले अब पार्टीको जिम्मेवारीबाट आफू अलग बन्ने भन्दै सभामुखको भूमिकामा संविधानले दिएको सीमाभित्र रहेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्री भन्छिन्-सांसद केसी र मण्डलको कुतर्कप्रति घोर आपत्ति छ, संसदको रेकर्डबाट हटाइयोस्

सुमना श्रेष्ठ । बुधबार सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग

कार दुर्घटनामा परी रुपन्देहीमा तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३

काठमाडौँ उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधबार