श्रीलंकाका विदेशमन्त्री काठमाडौंमा



काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र नेपाल–श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री बुधबार काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । बैठकमा लगानी तथा व्यापार, पर्यटनलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ। संयुक्त आयोगले नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहनेछ ।

यसैगरी संयुक्त आयोगको बैठकपश्चात विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ । विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध सङ्घर्ष गर्ने

काठमाडौँ । आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति, आइतबार शीर्ष नेताको बैठक बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार

प्रधानमन्त्री निवासमा संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेता छलफलमा

  काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्याउन प्रमुख राजनीतिक दलका

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

  काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च