उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोतसँग जोडेर जानुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘खासगरी काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ । फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिनेछ । सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा पनि म तपाईहरूलाई विश्वास दिलाउँछु । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पर्कमा नरहेका १९ कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । सम्पर्कमा नरहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान

भिरमा मह काढेको दृश्य छायांकन गर्न म्याग्दी पुग्यो नेसनल जियोग्राफीको टोली

म्याग्दी ।  भिर महको निकालेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफीको टोलीसहित स्पेन र

सुरु भयो १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको काम

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १२८ मेगावाट क्षमताको तमोर–मेवा

जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण