लडाकू समूहद्वारा मालीको सैन्य शिबिर कब्जा गरेको दाबी



अलकायदासँग सम्बद्ध एक इस्लामिक समूहले मालीको उत्तरी क्षेत्रमा रहेको एक सैन्य अखडा कब्जामा लिएको दाबी गरेको छ । मालीको सेनाले भने टिम्बुक्टु क्षेत्रमा रहेका सैन्य अखडामा भएको आक्रमणलाई प्रतिकार गरेको जनाएको छ ।

जमात नुसरत अल–इस्लाम वाल मुस्लिमीन (जेएनआईएम) ले आत्मघाती बम वाहनको सहायताले नियाफुन्के शिविरलाई नियन्त्रणमा लिएको समूहले आफ्नो अल–जलाका फाउन्डेसन नामक सञ्चार सञ्जालमार्फत् जनाएको छ ।

कट्टरपन्थी समूहलाई पछ्याउने अमेरिकी संस्था साइटले उक्त वक्तव्यलाई पुष्टि गरेको हो । इस्लामिक लडाकू समूहले युद्धमा दशौं सैनिक मारिएको वा घाइते भएको र दुई जनालाई पक्राउ गरिएको दाबी गरेको छ ।

उसले कब्जामा लिएको दाबी गरेका पाँच वटा बख्तरबन्द सवारी साधन, हातहतियार र गोलाबारुदसहितको फोटो सार्वजनिक गरेको छ । मालीको सेनाले उक्त आक्रमणलाई ‘सशक्त रूपमा प्रतिकार’ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्कामा ७१ उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१

प्यालेस्टिन शरणार्थीहरूका लागि खाद्यान्न सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य निकाय ( युएनआरडब्लुए)

चिनियाँ अन्तरिक्षयान चन्द्रमाको सुदूर भागमा अवतरण

बीबीसी । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण

चीनमा कोइला खानीमा फसेका आठ मजदुर खोज्न दुईसय भन्दाबढी उद्धारकर्ता परिचालन

पूर्वी चीनको शानडोङ प्रान्तमा रहेको बाढीले बगाएको कोइला खानीमा बेपत्ता रहेका आठ जनालाई