उच्च वायु प्रदूषण नियन्त्रणका लागि बेइजिङमा अरेन्ज अलर्ट जारी



बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

मङ्गलबारदेखि बिहीबारसम्म आपत्कालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ ।

बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोमेन्ट ब्यूरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ ।

ब्यूरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पद तथा गोपनियताको शपथ लिएका

इरानमा जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि ६ उम्मेदवार योग्य ठहर

इरानले आगामी जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि कन्जरभेटिभ पार्टीका ६ जना

गाजाबाट चार इजरायली बन्धकको उद्धार

इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चार जना बन्धकहरूको

गाजा युद्धमा ३७ हजारको मृत्यु

इजरायल र प्यालेस्टिनी बीच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार