थाई एयरद्वारा  काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु



 

काठमाडौँ । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आइतबारदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ ।

कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान आजैदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।

थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।

‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै

वाग्मती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित भएका

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

काठमाडौँ । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण बिहीबारदेखि अनलाइनबाटै गर्न थालेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८०