सोमालियामा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु, पचास लाख विस्थापित



सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएका राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ । सोमालियाको राजधानी मोगादिसुमा पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको र पचास लाखभन्दा बढी नागरिक विस्थापित भएका जानकारी दिए ।

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेका र अझै बढी हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्ली अदालतद्वारा केजरीवालको जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासतमै रहने

राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा

लेबनानमा अमेरिकी दूतावासबाहिर गोली चल्यो

  बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ । दूतावास बाहिर

‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य

पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति