एक चीन नीतिमा समर्थन गर्न बाइडेनलाई सीको आग्रह



अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता भएको छ । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । भेटमा दुई देशबीच फेरि सैनिक सम्पर्क शुरू गर्ने विषयमा सहमति भएको छ ।

अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा चीनका राष्ट्रपति सीले अमेरिकालाई ताइवानलाई हतियार नदिन र एक चीन नीतिको समर्थन गर्न आग्रह गरेका थिए । उनले चीन र अमेरिका जस्ता दुई ठूला देशका लागि एक अर्काको अहित चाहनु नहुने पनि बताएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सीसँग धेरै विषयमा राम्रो कुराकानी भएको बताए ।

उनले एक चीन नीतिको समर्थन गर्ने ं र कहिल्यै फेरबदल नहुने बताए । उनले दुई देश एआईको न्यूक्लियर कमान्डबाट टाढा राख्ने कुरामा सहमत भएको बताए । दुई नेताबीच करिव दुई घण्टा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोटको पहिचान

अमेरिकी अन्तरिक्ष ऐजेन्सी नासाको ‘म्यागेलन मिसन’बाट प्राप्त तथ्याङ्कको विश्लेषण गरेर वैज्ञानिकहरूले सन् १९९०

पछिल्लो इजरायली आक्रमणमा रफाह शिविरमा २१ जनाको मृत्यु

  रफाहको पश्चिममा मङ्गलबार विस्थापितहरूको शिविरमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु

रफाह क्रसिङ्ग पुनः खोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम

पपुवा न्यूगिनीका पहिरो पीडितलाई सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६