दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि कृत्रिम वर्षा गराइने



भारतको राजधानीमा चरम सीमामा पुगेको वायु प्रदूषण नियन्त्रणका लागि दिल्लीका पर्यावरण मन्त्रीले ‘क्लाउड सीडिङ’ भनिने कृत्रिम वर्षा गराउनेबारे छलफल भइरहेको बताएका छन् ।

प्रदूषणको स्तर कम गर्नका लागि अघि सारिएको कृत्रिम वर्षाको योजनाका लागि सर्वोच्च अदालत र विभिन्न केन्द्रीय मन्त्रालयको स्वीकृति आवश्यक छ । स्वीकृति प्राप्त भएको अवस्थामा यो योजना वातावरणको अवस्था हेरेर अर्को महिना लागू गर्न सकिन्छ ।

दिल्लीमा प्रदूषण कम गर्न कृत्रिम वर्षाको सुझाव दिइएको यो पहिलो पटक चाहिँ होइन। तर केही विज्ञहरू भने यो जटिल र महँगो हुनुका साथै पूर्ण रूपमा प्रदूषणसँग कम गर्न यसको प्रभावकारीका प्रमाणित नभएको बताउँछन् ।

वातावरणमा यसको दीर्घकालीन प्रभाव बुझ्न अझै धेरै अनुसन्धान आवश्यक ठानिएको छ । दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनता निसास्सिरहेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेका कारण त्यसको समाधान खोज्न भारतको राजनीतिक नेतृत्व आतुर देखिन्छ ।

दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) पछिल्लो दुई हप्तादेखि लगातार ४५० भन्दा माथि रहेको छ । एक्यूआईले पीएम भनिने हावामा रहेको कण २.५ मापन गर्छ। अहिले दिल्लीको सूचकाङ्क स्वीकार्य सीमा भन्दा दस गुणा बढी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाले फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८

जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण

जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट)