बागमती किनारमा युवकको शव



काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा बुधबार एक युवकको शव भेटिएको छ ।

महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकास महरा मृत भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनकाअनुसार उनको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माण गरिने

काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट

डिप्रेसन नै आत्महत्याको मुख्य कारण

झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले

जथाभावी सवारीसाधन पार्किङले पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बन्दै

गण्डकी ।  जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः

गण्डकी सरकारले ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग