नेपाली सेनाको योगदान झल्काउने गीत



 

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो)  सार्वजनिक गरिएको छ ।

मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा म्युजिक भिडियो विमोचन गरे   गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे  वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको छ ।

स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो । उनका शब्दलाई शोभन सायजुले छायाँचित्र र युवा सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिएका छन्  । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गरेको गीतमा सुभाष तिमिल्सिना,  गीता पाण्डेलगायत गायकका  स्वर छन् ।

सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपतका समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिए ।

“सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन,  राज्यको अखण्डता जोगाउने मूल खम्बा हो”,शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भने, “वीर पुर्खाको  योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।”

उपप्राध्यापक हेम भण्डारीले गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा  मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए ।

म्युजिक भिडियो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जानकारी दिनुभयो ।  सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन-२’

काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन-२’ आगामी आइतबारदेखि सुरु हुने भएको

फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन्

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले सोमबार