माग पूरा गर्ने सरकारको प्रतिबद्धतापछि निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित



काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित भएको छ । शुक्रबार सरकार र आन्दोलनरत पक्षबीचको वार्ताका क्रममा आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेसँगै आन्दोलन स्थगित भएको हो ।

सरकारको तर्फबाट भएको प्रतिवद्धता र सकारात्मक पहलका निम्ति धन्यवाद दिँदै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न सरकार पक्षबाट अनुरोध गरिएकाले सरोकारवालाहरूकै सहमतिमा हाललाई पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पुरीले जानकारी दिए ।

वार्तामा सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षासचिव सुरेश अधिकारी, कानुनसचिव उदयराज सापकोटा, रक्षासचिव किरणराज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपकशर्मा उपस्थित थिए भने सरोकारवाला पक्षका तर्फबाट प्याब्सन अध्यक्ष डीके ढुङ्गाना, हिसान अध्यक्ष रमेश सिलवाल, नेसनल प्याब्सन अध्यक्ष पाण्डव हमाल, प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पूरी तथा प्याब्सन महासचिव श्री आरबी कट्वाल सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन

परामर्शदाता संस्थाको नवीकरणमा कडाइ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थालगत अनुगमनपछि मात्र शैक्षिक परामर्शदाता संस्थाको

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले गर्या तालाबन्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका

त्रिविको जग्गा र सम्पत्तिको खोजी गर्न गठित समितिले थाल्यो काम

  काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित