यो भनेको सरकार नहुनुको स्थिति होः राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई महिना वितिसक्दा पनि नेपाल सरकारले अपनाउनु पर्ने अन्य कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको ठहर गरेको छ ।

राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधी उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘क्वारेन्टिन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृत्तिले जनता पीडित भएका छन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरुमा सरकारीयन्त्र निरिह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको छ । यसबारे सरकार वेखबर देखिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्धक्क भएर नेपालमा लगानी गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका