आज बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको सक्रियताका कारण आज बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ । आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

विभागका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ। आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । हुस्सु लाग्ने र पानी तथा हिउँ पर्ने क्षेत्रमा चिसो ठिहिरो पनि चल्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३