वालिङ पहिरोमा ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि



स्याङजाः स्याङजाको वालिङमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

वालिङ नगरपालिका-१४ तमादिमा गएको पहिरोमा परि ७ महिनाको बालकसहित एकै परिवारका ९ जनाले ज्यान गुमाएका थिए । गल्याङ नगरपालिका-१ मालुंगास्थित रामनदीधान राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।

‘सबै जनाको शव पोष्टमार्टमको लागि ग्रहौकालिका प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो,’ उनले भने, ‘दिउँसो पोष्टमार्टम गरेपछि अहिले सामूहिक दाहसंस्कार गरेका हौं । परिवारमा आफन्त कोही नभएपछि दाहसंस्कारको सबै जिम्मा नगरपालिकाले लिएको छ ।’ सो पहिरोमा परि घाइते भएकी १६ वर्षीया मनिषा नेपालीको भने पोखरामा उपचार भैरहेको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्