कोलकातामा नेपालकै कन्टेनर स्टेसन



काठमाडौं : भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस) सञ्चालनमा आएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ 

कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् । 

नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ । यो समाचार नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्