टाइगर श्राफले २ सय किलो वजन उठाउदा सबै चकित



एजेन्सी : बलिउडका एक्सन स्टार टाइगर श्राफले आइनबार एक भिडियो शेयर गरे। भिडियोमा उनी जिम गरिरहेका देखिन्छन्। जिमका दौरान उनले २ सय किलो तौल उठाए। टाइगरले शेयर गरेको यो भिडियोले सबैलाई चकित बनाएको छ। कलाकार ईशान खट्टरले पनि टाइगरको तारिफ गरेका छन्। उनले त अझ टाइगरलाई सुपर ह्युमन भनेका छन्।

टाइगर आफ्नो फिटनेसमा खुबै ख्याल गर्छन्। उनी आफूलाई फिट राख्न कडा मेहनत गर्छन्। उनको फिट बडीका कैयन् फ्यान छन्। सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा टाइगरले लेखेका छन्, आफैले आफैलाई यो हदसम्म पु–याएको लामो समय भयो। टाइगरको यो भिडियोलाई लाखौँ फ्यानले हेरेका छन् । धेरैले फ्यानले उनको तारिफ गरेका छन्।

फिल्मको कुरा गर्नुपर्दा पछिल्लो समय टाइगर ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिएका थिए। तर यो फिल्मबाट उनले खासै तारिफ पाएनन्। उनी अभिनित फिल्म ‘वार’ रिलिजको क्रममा छ। फिल्ममा उनी ऋतिक रोशनसँगै देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्