फिल्म हिट भएपछि ‘पागल भए’ राम गोपाल वर्मा, आफूमाथि खन्याए स्याम्पेन



फिल्म निर्देशक राम गोपाल वर्माको एक ट्वीटले सोसल मिडिया प्रयोगकर्ताको ध्यान आफूतर्फ खिचेको छ । उनले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट एउटा भिडियो ट्वीट गरेका छन् । आफ्नो नयाँ फिल्म सफल भएपछि आयोजित एक कार्यक्रममा उनले आफूमाथि स्याम्पेन खन्याइरहेको देख्न सकिन्छ । भिडियोको क्याप्सनमा राम गोपालले लेखे, ‘म पागल होइन, तर स्मार्ट शंकरले मलाई पागल बनाएका छन् । पुरी जगन र चार्मी कौरमाथि यसको आरोप लाग्नेछ ।’

यो भिडियोबाहेक राम गोपाल वर्माको अर्को एउटा भिडियो चर्चामा छ जुन उनी आफैंले सेयर गरेका छन् । भिडियोमा राम गोपाल वर्मा एउटा शानदार रोयल इनफिल्ड बाइकमा सवार भएर थिएटर पुग्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने जुन बाइकमा उनी बसेका थिए त्यहाँ उनीबाहेक अन्य दुईजना पनि सवार थिए । तेब्बर लोड गरेका कारण उनलाई सोसल मिडियामा निकै ट्रोल गरिरहेको छ । 

भिडियोलाई राम गोपाल वर्माले क्याप्सन लेखेर झनै विवादित बनाइदिएका छन् । उनले लेखे, ‘पुलिस कहाँ छ ? मलाई लाग्छ कि उनीहरु सबै थिएटर भित्र छन् र स्मार्ट शंकर हेरिरहेका छन् ।’

स्मरण रहोस्, यसै वर्षको अप्रिलमा राम गोपाललाई पुलिसले एयरपोर्टमा रोक लगाएको थियो । फिल्म लक्ष्मी एनटीआरको प्रोमोशनका लागि रामले विजयवाडामा एक पत्रकार सम्मेलन आयोजना गरेका थिए तर उनलाई एयरपोर्टमा नै आन्ध्र प्रदेशको पुलिसले रोकेको थियो र उनलाई राज्यमा प्रवेशका लागि रोक लगाइएको थियो ।

स्मार्ट शंकर फिल्ममा राम पोथिनेनीले मुख्य भूमिका निभाएका थिए । फिल्मले पछिल्लो दुई दिनमा २५ करोड भारु कमाइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्