Online Nepal
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • विभागहरुलाई छिट्टै पूर्णता दिने एमालेको निर्णय

    विभागहरुलाई छिट्टै पूर्णता दिने एमालेको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 831
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ।

    सोमबार बसेको एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने निर्णय गरेको हो।



    बैठकमा महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए।



    बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए।

    यस्तै, बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार