Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सिआइबीलाई नै जालझेल गर्ने मेगा टेक ग्रुप कालो सूचीमा

    सिआइबीलाई नै जालझेल गर्ने मेगा टेक ग्रुप कालो सूचीमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई ठगी गर्ने कम्पनी कालो सूचीमा परेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले विहिबार गोरखापत्रमा सूचना प्रकाशित गरी ५ वटा ठेकेदार संस्था तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।



    जसमा सिआईबीलाई नै ठगी गर्न खोज्ने प्रतिष्ठित कम्प्युटर सप्लायर्स मेगा टेक ट्रेड ग्रुप समेत रहेको छ ।



    शैलेश लोहोनीको मुख्य लगानीमा सञ्चालित मेगा टेक समूहले सिआइबीलाई सप्लाई गर्नुपर्ने १० लाख मूल्य बराबरको ल्यापटपमा स्पेसिफिकेसनअनुसारको उपलब्ध नगराई अर्कै गराउन खोजेपछि उनले काम गर्न सकेका थिएनन् । जसका कारण सिआईबीले लामो समयसम्म ल्यापटप पाउन सकेन ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले मेगा टेक सहित विभिन्न ५ फर्म तथा कम्पनिलाई १ वर्षका लागि कालो सूचीमा राखेको छ ।

    सिआइबीको सिफारिसमा उक्त कम्पनिलाई कालो सूचीमा राखिएको हो ।

    अनुगमन कार्यालयले महालेखा नियन्त्रक कार्यालय अनामनगरको सिफारिसमा स्टार अफिस इन्टरनेश्नल, पुतलीसडक, सडक विभाग ईलामको सिफारिसमा माईभगवती निर्माण सेवा, पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशको सिफारिसमा आर्या निर्माण सेवा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तम्घास गुल्मीको सिफारिसमा सिद्धार्थ हार्डवेयर्स बुटवललाई कालो सूचीमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार