Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संसद् विघटनकाे संयुक्तरुपमा विरोध गर्ने नेकपा, कांग्रेस र जसपाकाे निर्णय

    संसद् विघटनकाे संयुक्तरुपमा विरोध गर्ने नेकपा, कांग्रेस र जसपाकाे निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले संसद् विघटन गरेपछि सत्तारूढ नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटनप्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको हुन् ।



    संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।



    प्रवक्ता श्रेष्ठका अनुसार नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । आजको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रने समहति भएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार