Online Nepal
  • आइतबार, २७ जेष्ठ २०८१
  • राष्ट्रिय सभाबाट ‘राष्ट्रिय मर्यादा विधेयक’ स्वीकृत

    राष्ट्रिय सभाबाट ‘राष्ट्रिय मर्यादा विधेयक’ स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 732
    SHARES

    काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

    आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो।



    डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए।



    विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए।

    विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

    राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार