Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महिलामाथि पिसाब काण्ड : एयर इन्डियालाई ३० लाख भारु जरिवाना, लाइसेन्स निलम्बन

    महिलामाथि पिसाब काण्ड : एयर इन्डियालाई ३० लाख भारु जरिवाना, लाइसेन्स निलम्बन

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 579
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एयर इन्डियालाई ३० लाख भारु जरिवाना गरेको छ ।

    एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई जरिवाना गराइएको हो ।



    समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई नियमहरूको उल्लङ्घन गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।



    डीजीसीएले सम्बन्धित एयर इन्डिया उडानका पाइलट-इन-कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ।

    एयर इन्डियाको उडान सेवा निर्देशकलाई तीन लाख रुपैयाँ जरिवाना लगाएको छ। गत नोभेम्बरमा एयर इन्डियाको विमानमा सहयात्री वृद्धामाथि रक्सी सेवन गरेका एकजना यात्रुले पिसाब गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार