काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपाली जनताले ठूला राजनीतिक पार्टीलाई गरेको विश्वासको दुरुपयोग भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लोहनीले यस्तो बताएका हुन् । उनले जनताको मत लिएर भागबन्डा, संविधान विघटनमा ठूला दल रमाएको बताए ।
उनले आफुहरुले यसो भन्दा प्रतिगमनको बिल्ला भिराउने गरिएकोमा आपत्ति समेत जनाए ।
लोहनीले अहिले ‘लथालिङ्ग देशको भताभुङ्ग चाला जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ भन्ने भएको भन्दै नव सामन्तवादका प्रेतात्माहरूले ‘कुत’ खाएर बसिरहेको आरोप लगाए ।
उनले यस्तै अवस्था रहे देशमा अशान्ति र अराजकता हुँदै युक्रेनको बाटोमा जाने र शासकहरुले सोही दिशामा लगिरहेको बताए ।
Leave a Reply