काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमालेले मंगलबार जारी गरेको घोषणा पत्रमाथि प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा एमालेले गरेका गठबन्धन कुन नीति, सिद्धान्त तथा गन्तव्यले पुष्टि गर्छन् भन्दै प्रश्न गरेका हुन् ।
उनले एमालेले आज जारी गरेको घोषणा पत्रमा लेखेको विषयमाथि प्रश्न उठाए ।
‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 1, 2022
Leave a Reply