Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उम्मेदवार छनोटमा देउवापक्षले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा धर्ना दिंदै शेखर समूह

    उम्मेदवार छनोटमा देउवापक्षले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा धर्ना दिंदै शेखर समूह

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि जनाएको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिने भएको छ ।

    गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।



    शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।



    १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ । तर यता मंगलबार बालुवाटारमा सभापति शेरबहादुर देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने बताएका छन् ।

    सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार