Online Nepal
  • मंगलबार, २९ जेष्ठ २०८१
  • गैरकानूनी ढंगले पार्टी दर्ता भएको छ, हामी आयोगविरुद्ध अदालत जान्छौँ : उपेन्द्र यादव

    गैरकानूनी ढंगले पार्टी दर्ता भएको छ, हामी आयोगविरुद्ध अदालत जान्छौँ : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 321
    SHARES

    काठमाडौं । । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको आरोप लगाएका छन् ।

    उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले आज पत्रकार सम्मेलनको आयोजन गरी निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्।



    उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने बताए ।



    सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उनले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताए ।

    अलग भएका नेताहरूले पार्टी विभाजन गर्दा कुने तर्क दिन नसकेको बताउँदै उनले व्यक्तिको व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न नसकिने बताउँदै उनले अहिले जुन पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताए ।

    आफू निर्वाचन आयोगको विरुद्ध अदालत जाने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार