सुनको भाउ घट्यो , तोलामा कति ?

काठमाडौँ, साउन ३ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। योसँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्