उद्योगमा बिजुलीको लाइन काटिएपछि मजदुर प्रदर्शनमा



 

 

नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् । मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध प्रदर्शन सुरु भएको थियो । त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका छन् । जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत छन् । आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै मजदुरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको थियो । खासगरी ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ ।

प्रतिक्रिया दिनुहोस
तेस्रो तहका नेता राख्ने स्थल बन्यो प्रदेश : गृहमन्त्री लामिछाने

    उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : सीके राउत

     जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी

बढ्यो नेप्से, पौने ६ अर्बको कारोबार

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम

राष्ट्रपति पाैडेल स्विट्जरल्यान्डको जेनेभामा

    राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका