तयार हुनुस्, बैंकले ल्याउँदैछ आठ लाख ८० हजार कित्ता सेयर !



काठमाण्डौं । पूर्णिमा विकास बैंकले चार बराबर एकको अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँको आठ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको शेयरमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल ३५ करोड २३ लाख ८५ हजार चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद वितरण पश्चात पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरमा शेयरधनीले बिक्र प्रबन्धक सिद्धार्थ क्यापिटलनारायाणचौर नक्साल काठमाडौं, पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा, रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका देशभरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

     कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात

    वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट

सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढायो

    सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । ईभीको अन्तःशुल्क

बजेटप्रति नीजि क्षेत्र सकारात्मक

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको