निर्वाचन सार्न प्रधानमन्त्रीलाई कांग्रेसभित्रबाटै दबाब



काठमाडौँ । स्थानीय निर्वाचन सार्नको लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टी भित्रैबाट दबाब आउन थालेको छ ।

१४ असारका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न दबाब आएको हो । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले आन्दोलनबीच निर्वाचन नगर्न प्रधानमन्त्रीलाई दबाब बढाएका छन् ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटेर उनीहरूले प्रदेश नं २ मा यथास्थितिमा निर्वाचन गराउन कठिन भएको भन्दै निर्वाचन रोकेर पहिले समस्या समाधानको पहल गर्न दबाब दिएका हुन् । तराई मधेसका जिल्लामा राजपा नेपालको आन्दोलनले परिस्थिति प्रतिकुल बन्दै गएको जानकारी प्रधानमन्त्रीलाई गराएको भेटमा सहभागी केन्द्रीय सदस्य आनन्द ढुंगानाले जानकारी दिए ।

केन्द्रीय सदस्य तथा सांसदहरूले असन्तुष्ट पक्षलाई मिलाएर लैजान बढीमा दश दिन निर्वाचन सार्न वा प्रदेश नम्बर २ का ८ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्न सुझाव दिएका छन् ।

नयाँपत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
नेपाली उत्पादन तथा उद्योगलाई संरक्षण हुन्छ : अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताएका छन् ।

निरन्तर विकास संघ नेपालले गर्यो ८० जनालाई सम्मान

    निरन्तर विकास संघ नेपालको आयोजनामा बाल श्रम सचेतना सम्मान कार्यक्रम २०८१

टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना

    टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big,

सन्दीपलाई भिसा नदिनु सिंगो नेपालमाथिको अपमान हो : ज्ञानेन्द्र शाही

    सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद