प्रचण्डले राखेका सम्पादकले अफवाह फैलाए : महेश बस्नेत



 

नेकपाका प्रखर नेता महेश बस्नेतले प्रचण्डले केही मिडियामा सम्पादक राखेर सरकारविरुद्ध अफवाह फैलाउन लगाएको आरोप लगाउनुभएको छ ।

नेकपाको ललितपुर १ नम्बर क्षेत्रमा शनिवार भएको बृहद भेलामा बोल्दै नेता बस्नेतले प्रचण्डले योजनावद्ध तरिकाले सूचना र प्रविधिमार्फत आफ्ना मान्छे पठाएर फेक समाचार बनाउन लगाएको दावी गर्नुभएको हो ।

‘कमरेड प्रचण्डले केही राष्टिय मिडियामा आफ्नै मान्छे सम्पादक पठाएका छन् । तिनैमार्फत सरकारविरुद्ध समाचार लेखाइरहेका छन् । त्यही समाचार मोवाइलमा हेरेर प्रचण्ड दंग पर्दैछन्,’ बस्नेतको भनाई थियो ।

नेता बस्नेतले सूर्य चिन्हमा आँखा नलगाउन चेतावनीसमेत दिनुभयो कार्यक्रममा प्रमुख अतिथि नेकपाका नेता एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले पदका लागि पार्टी २ तिर पार्न खोजेको भन्दै प्रचण्ड र माधव नेपाललाई केपी ओलीकै नेतृत्वमा फर्कन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रचण्ड-ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता

    विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री

कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

     कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

  अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार