बङ्गलादेशमा बाढीबाट नौ लाख प्रभावित



ढाका । यस बर्षको भारी मन्सूनी बर्षाबाट अहिलेसम्म करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव शाह कमालले सञ्चार माध्यमलाई आज बताएका छन् ।

खासगरी, उत्तरपूर्वी बङ्गलादेशका दुईः सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको एकः कक्स बजारसमेत गरी जम्मा तीन जिल्ला यस पटकको भारी बर्षा र बाढीबाट प्रभावित भएका एकजना उच्च सरकारी अधिकारीले बताएका छन् ।

सरकारले ढिलाई नगरी बर्षा र बाढीबाट पीडित जनताहरूको तत्कालै उद्धारकार्य सन्चालन गरेको र बाढीबाट विस्थापित बाढीबाट करिब दुई हजार परिवारलाई तुरुन्तै राहत सामाग्री उपलब्ध गराई अस्थायी बसोबासको प्रबन्ध मिलाएको पनि उक्त सरकारी अधिकारीले बताए ।

भारी बर्षाका कारण देशभरका पहाडी इलाकाबाट भारतीय सीमानासम्म बाढी आई जताततै जलमय हुनाले उद्धार कार्य सन्चालनमा हम्मे हम्मे परेको थियो ।

बाढीले कुनै कुनै ठाउँका पूरै बस्ती नै बगाएको, असङ्ख्य बालीनाली सखाप पारेको, धेरै स्थानका सडक तथा राजमार्ग सञ्जालमा व्यापक क्षति पु¥याएको जनाइएको छ । कतिपय ग्रामीण इलाकामा खेतीयोग्य जमीन नष्ट पारेको, भवन लगायतका थुप्रै भौतिक संरचनामा समेत बिनाश भएको छ ।

बाढीकै कारण सयौं बिद्यालयहरू बन्द गर्नु परी पठन पाठन कार्य समेत ठप्प भएका छन् । चीनलगायत बिभिन्न मित्रराष्ट्रहरूले बर्षा तथा बाढी पीडितहरूका लागि राहत सामाग्री तथा आर्थिक सहयोग उपलब्ध गराएका छन् र यो क्रम निरन्तर जारी छ ।

दक्षिण एसियाकै होचो मैदानी भूभाग भएको बङ्गलादेशमा साना ठूला गरी दुई सय ३० वटा भन्दा बढी नदी नाला छन् । यस मुलुकले प्रत्येक बर्ष, सानो होस् या ठूलो, मन्सूनी बर्षा भएपछि त्यसबाट उत्पन्न पीडा भोग्दै आउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस
हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादि स्थित हेयर एण्ड शान्ति

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

    ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी

सि.जी.का नयां मोडलका फ्यानहरु बजारमा

    नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता