पत्रकारका हत्यारालाई मृत्युदण्डको सजाय



कोलम्बो । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ ।

हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाउनु भएको हो ।

चालीस वर्षीय मेलिसि मेलको नामले निकै लोकप्रीय हुनुुहुन्थ्यो । उहाँले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गर्नुभएको थियो । स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उहाँ एएफपीका लागि कोलम्बोबाट सम्वाददातासमेत हुनुहुन्थ्यो ।

सन् २०१४ को फेब्रुअरी २ तारिखका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उहाँको हत्या भएको थियो । उहाँको हत्या भएको बेला उहाँका बाबुआमा र भाई पनि घरमै हुनुहुन्थ्यो । उहाँ घरकै भान्सा कोठामा मृत अवस्थामा भेटिनु भएको थियो ।

हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रङ्ग लगाउने काम गरेका थिए । पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो ।

हत्यारा पहिचान भइसकेपछि यहाँका सरकारी वकिलहरुले पनि उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए । सोही बमोजिम नै न्यायाधीशले पनि उनलाई मृत्युदण्डको सजाय सुनाएका कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका छन् । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन ।

तर यी पछिल्लो पत्रकार गुणशेखराको हत्यामा घरमा रङगरोगन लगाउने मानिस किन संलग्न भए भन्ने विषय भने खोजीको विषय भएको पत्रकारहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादि स्थित हेयर एण्ड शान्ति

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

    ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी

सि.जी.का नयां मोडलका फ्यानहरु बजारमा

    नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता