प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पक्राउ



अङ्कारा (टर्की), २० जेठ । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ ।

न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गर्नुभएका एर्देम र उहाँसँगै पत्राउ पर्नुभएकी उहाँकी पत्नी गुलुमसेर एर्देमलाई अङ्कराको अभियोजको कार्यालयका प्रमुखद्वारा अनुसन्धान गर्ने तयारी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

धर्मगुरु गुलेन र उहाँका अनुयायीमाथि टर्की सरकारले सन् २०१६ को असफल ‘कु’ प्रयासको योजना कारक रुपमा आरोप लगाउँदै आएको छ । उक्त घटनामा दोहोरो झडपमा २४९ जना मारिएका थिए भने दुई हजार २०० नागरिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
बहुचर्चित बहुलोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपालमा

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  बिएलडिसी

कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

नयाँ केन्ट सुप्रीम कपर आर.ओ. (तामाको साथ) नेपाली बजारमा साथै जान्ने पर्ने अनेकौ फाइदाहरु

    काठमाडौं, जेठ २०८१: ई.ओ.एल. प्रा. लि., चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा