पर्यटन व्यवसायी सङ्गठनमा आचार्य



नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । संगठनका उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन हुनुभएको छ ।

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुसाल तथा सचिवमा शिव लामिछाने, कुमार थापा, वीरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइँटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
१६ लाख पर्यटक भित्र्याउने लक्क्ष, जोडीलाई बिहे र सन्तानलाभको अफर

    अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट

        पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब