‘कृ’ फिल्मका निर्माता चोरीको आरोपमा जेलमा कोचिए,१५ लाख क्षतिपूर्ति दिनु पर्ने यस्तो छ माग



गीत चोरीको आरोपमा मंगलबार पक्राउ परेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीसँग पुराना निर्माता तथा निर्देशक शम्भु प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन्।

निर्देशक प्रधानले प्रहरीमा जाहेरी दिएपछि गिरी मंगलबार पक्राउ परेका थिए। प्रधानले बनाएको फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’ बोलको गीत चोरेर ‘कृ’ मा राखिएको भन्दै उनले जाहेरी दिएका हुन्।

पक्राउ परेका निर्माता गिरीलाई मिलापत्र गराएर छुटाउन निर्माता, निर्देशक लगायतको टोली प्रहरी कार्यालयमा पुगेका छन्।

पहिले छलफल गर्दा निर्माता गिरीले क्षतिपूर्ति दिन अस्वीकार गरे पनि पक्राउ परेपछि भने क्षतिपूर्ति दिने बताएका छन्। सो क्रममा प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका हुन्।

दुई पक्षबीच अन्य कलाकारको रोहवरमा छलफल भइरहेको छ।

‘अहिले छलफल भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले भने, ‘सहमति भएन भने म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं।’

निर्माता गिरीलाई मंगलबार बेलुका प्रहरी हिरासतमै राखिएको थियो। प्रधानले प्रतिलिपि अधिकार ऐन अनुसार कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस
एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

    नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७

काठमाडौंमा नेपाली कांग्रेसको सरकारविरुद्ध प्रदर्शन

    नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी

अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला

    सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी

सरकारको नीति तथा कार्यक्रम पारित

    प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ