समानुपातिकको करोड मत गनी सकियो अब ५ लाख बाँकी,कुन दल कति लाख जनताका प्यारा देखिए,हेर्नुहोस नतिजा



समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ। गणना भएको ९० लाख ७८ हजार ६ सय ७६मत मध्य नेकपा एमालेले ३० लाख ४९ हजार ५ सय ७५ मत प्राप्त गरेको छ। यस गरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ७६ हजार ४४ मत ल्याएको छ।

समाचार तयार पार्दा माओवादी केन्द्रले १२ लाख ३५ हजार २ सय ८१ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४ लाख ४३ हजार ३ सय ७१ मत र राष्ट्रिय जनता पार्टीले ४ लाख २७ हजार ३ सय १९ मत ल्याएको छ।

पछिल्लो मत परिणाम अनुसार विवेकशील साझा र राप्रपाले ३ प्रतिशत मत ल्याउने सम्भावना कम हुँदै गएको छ। विवेकशीलले २ लाख ३ हजार मत ल्याउँदा राप्रपाले १ लाख ९१ हजार मत ल्याएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बदर मतलाई समेत जोड्दा ९७ लाख बढी मत गणना भइसकेको जानकारी दिए। उनले शुक्रबार बेलुकासम्म समानुपातिकको गणना सम्पन्न हुने बताए।

प्रतिक्रिया दिनुहोस
गाँजा खेती अध्ययन गर्न गृहले नियमावली बनाउँछ : रवि लामिछाने

  गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीमा द्विविधा राख्नु नपर्ने बताएका छन । उनले

म पनि सहकारी पीडित हुँ : प्रधानमन्त्री प्रचण्ड

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका

बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

    नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक

गृहमन्त्रीमाथि सम्भव सिरोहियाको गम्भीर आरोप

     कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि