चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश



चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ। चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ ।

सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन्। चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गरिएको थियो।

‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् । सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ। रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ।

रिपोर्टका अनुसार यो मिसाइलले एकैपटक १० वटा न्यूक्लियर वारहेड प्रहार गर्न सक्छ। यी १० वारहेडले १० फरक फरक ठाउँमा निशाना लगाउन सकिन्छ। १२ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने यो मिसाइल दुश्मनको मिसाइल डिफेन्स सिस्टमलाई पनि झुक्याउन सक्छ । यसको गति १२ हजार ९ सय किलोमिटर प्रतिघण्टा भन्दा पनि बढी छ । यो गतिमा प्रहार गर्दा यसलाई राडारले पनि भेट्टाउन गाह्रो हुन्छ

प्रतिक्रिया दिनुहोस
बिदेशबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

    त्यस दिन अपराह्न ४ बजे कतार एयरवेजको कार्गोबाट वासिङ मेसिन त्रिभुवन

प्रधानमन्त्री प्रचण्डको भारतका राष्ट्रपति द्रौपदी मुर्मु सँग भेटवार्ता

  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

शाम्भवी चौधरी बनिन् भारत लोकसभाकी कान्छी सांसद

     भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी