कामना डेली, प्युठान। प्युठानको सरुमारानी – २ दर्भानका युवाहरु संगठित भएका छन। उनिहरुले सामाजिक समस्याको समाधान र विकासका लागि संगठित भएको बताएका छन।
सुक्रबार बसेको युवाहरुको भेलाले स्थानिय नवराज भण्डारी अध्यक्ष रहेको एघार सदस्सीय सरुमारानी युथ सर्कल गठन गरेको छ। भेलाले उपाध्यक्षमा सुशील भुसाल, सचिबमा किरण पोख्रेल, सहसचिबमा बामदेब आचार्य र कोषाध्यक्षमा शैलेश पौडेललाई सर्वसहमत चयन गरेको हो।
जस्को सदस्यमा शुसान्त पौडेल ,सुनिल पोख्रेल ,सुनिल रायमाझी, प्रविन आचार्य,सन्दीप बेल्बासे,मदन भुसाल र महेश भण्डारी रहेका छन। अध्यक्षमा चयन भएका भण्डारीले सरुमारानी युथ सर्कललाई सामाजिक संस्थाको रुपमा अगाडि बढाउने योजना रहेको जानकारी दिए। साथै उनले सामाजिक रुपमा देखिने समस्या तिनको समाधान र सरुमारानी क्षेत्रको बिकासका लागि सर्कल सधै क्रीयासिल रहने प्रतिबद्धता जनाए।
भेलाले नारायण पौडेल, मिलन पोख्रेल र रुद्रमणी पौडेल सदस्य रहेको ३ सदसिय सल्लाहकार समिती समेत चयन गरेको छ।
यसैबिच सर्कलमा रहेका युवाहरुले शुक्रबार दर्भान बजार सरसफाई गरेको समेत जनाएका छन।