पदाधिकारीका बारेमा छलफल नै नगरी सिद्धियो माओवादी केन्द्रको पहिलो बैठक


काठमाडौँ, १९ पौष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सकिएको छ । पहिलो बैठकबाटै पदाधिकारी छनौट गर्ने आसा गरिए पनि बैठकले अध्यक्षबाहेक अरू टुङ्गो लगाउन सकेन । 

पदाधिकारीको विषयमा छलफल नै नगरी अर्को बैठक पुस २५ गतेलाई बस्ने गरी पहिलो बैठक सकिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजीत थारुले नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्षमा चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न नसकेको बताए । 

उनले भने ‘शपथ ग्रहणपछि बसेको आजको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन निर्विरोध चयन गरेको छ । पदाधिकारीको विषयमा भने छलफल भएन । अर्को बैठक पुस २५ गतेलाई बोलाइएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्