बेलबारीमा महिला हिंसाविरुद्ध कानुनी सचेतना कार्यक्रम संचालन्


बेलबारी, १५ पौष । बेलबारीमा महिला हिंसाविरुद्ध दुईदिने कानुनी सचेतनासम्बन्धी तालिमको सञ्चालन गरिएको छ । दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टर इटहरीको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको दुई दिने तालिमको उद्घाटन बेलबारी नगरपालिका वडा न –२ का अध्यक्ष घनश्याम गौतमले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गौतमले हिंसा सभ्य समाजका लागि बाधक भएको बताउँदै कुनै पनि प्रकारका हिंसा कानुनविपरित भएको र त्यसलाई प्रश्रय दिनु नहुने बताए । वडा अध्यक्ष गौतमले सहभागी महिला दिदीबहिनीलाई तालिममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रहसमेत गरे ।  उक्त कार्यक्रममा बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य खीना थापा, उज्यालो महिला फेडरेसनकी नगर अध्यक्ष एवम् स्रष्टा तीला लेकाली, फेडरेसनकी वडा अध्यक्ष सन्जु हुमागाईँ लगायतकाले आआफ्नो धारणा राखेका थिए । 

बेलबारी २ मा रहेको शिक्षा सन्देश इं स्कुलको सभा हलमा सञ्चालन भएको तालिममा २४ जना महिलाको सहभागी रहेको छ । दुई दिन सम्म चल्ने तालिमको सहजीकरण महिला अधिकारकर्मी शोभा बजगाईँ र मनोविमर्सकर्ता सुशीला पाठकले गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्