लामो दुरीको सार्वजनिक यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय


काठमाडौं, ६ साउन । सरकारले लामो दुरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

भदौ १ गते भन्दा अघिसम्म भने काठमाडौँभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन् । यातायात व्यवसायीले साउन ८ गतेदेखि नै लामो दुरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दुरीको यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक हवाई उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले चार महिनादेखि जारी लकडाउन अन्त्य भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्