भारत भ्रमणमा नचुकून् ओली

139

प्रधानमन्त्री केपी ओली भोलिबाट भारत भ्रमणमा जाने भएका छन् । ओलीले आफू प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने भएका छन्, जसरी अगाडिका नेपालका प्रधानमन्त्रीहरूले गर्दै आएका थिए । तर अरु प्रधानमन्त्री हुादाताका र अहिले ओली प्रधानमन्त्री भएपछि हुन लागेको यस भ्रमणको अवधिमा परिस्थिति भने उस्तै रहेको छैन । सबैलाई थाहा नै नेपाल–भारत सम्बन्ध इतिहासकै तिक्ततापूर्ण मोडमा पुगेको छ । नेपालले संविधान जारी गरेपछि भारतले प्रकट गरेको असन्तुष्टि र एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालमाथि अन्तर्राष्ट्रिय कानुन तथा नियम उल्लंघन गरेर निर्लज्जताका साथ जुन नाकाबन्दी थोपर्‍यो, त्यसले नै नेपालमा भारतविरोधी जनमत सिर्जना गर्‍यो भने नेपाल–भारत सम्बन्ध अहिलेसम्मकै गम्भीरपूर्ण अवस्थामा पुग्यो । भारतले अनावश्यक रूपमा गरेको हस्तक्षेपकै कारण भूकम्पका कारण समस्यामा परेको नेपालीले अत्यन्त कष्टकर जीवनयापन गर्नुपर्‍यो । यद्यपि भारतको यो रवैया नेपालमा समय–समयमा देखापरिरहेको हुन्छ । आफ्नो स्वार्थअनुसार जुनसुकै घृणित कदम चाल्न पनि पछि पर्न नचाहने भारतले नेपाल सरकारका सबै प्रधानमन्त्रीलाई भारत भ्रमणताका आफ्नो अनुकूलको सन्धिसम्झौता गराउने गरेको छ । नेपाली प्रधानमन्त्रीहरू पनि भारत भ्रमणमा जुवा खेले जसरी नेपालका नदीनाला भारतको स्वामित्व र भारतलाई फाइदा हुने गरी सन्धि सम्झौता गरेर फर्कने गरेका छन् । त्यसकारण सर्वप्रथम प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा नेपालका प्रधानमन्त्रीलाई फकाइफुलाई गरेर आफ्नो हित हुने सन्धिसम्झौता गर्ने भारतको ब्वाासो चरित्रलाई बुझ्न र त्यहीअनुसारको व्यवहार गर्न आवश्यक छ ।

 
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपतिको भवनमा आवासको व्यवस्था मिलाइने भएको छ । तर भारतमा अहिले लाखौा नेपालीहरू छन्, जो भारतीयहरूको शोषण, अन्याय र अत्याचार सहेर बस्नुपरिरहेका छन् । भारतका कैयौा सहरमा नेपाली चेलीहरू बेचिनु परिरहेको छ । चौकिदार, भरियाजस्ता भूमिका निर्वाह गरेर थुप्रै नेपालीहरू भारतमा जीवनयापन गरिरहेका छन् । तर भारतीय राष्ट्रपतिको निवासमा बस्दै गर्दा प्रधानमन्त्री ओलीले भारतमा दु:खमय जीवन बिताइरहेका नेपालीहरूको पीडा महसुस गर्नुपर्छ । उनीहरूको पक्षमा भारतीय शासकहरूलाई प्रश्न गर्ने आाट र निर्भीकता प्रस्तुत गर्न सक्नुपर्छ । भारत भ्रमण गर्ने नेपालका प्रधानमन्त्रीहरूलाई स्वागत र सम्मान गरेको देखाएर भारतले नेपालका नदीनाला आफ्नो स्वामित्वमा लिने गरेको इतिहास छ । त्यसकारण कतै पनि त्यस्तो खालको असमान सन्धिसम्झौता जसले नेपालको कुनै हालतमा हित हुन सक्दैन भने त्यसलाई अस्वीकार गर्नसक्ने आाट प्रधानमन्त्री ओलीले गर्न सक्नुपर्छ ।

 
प्रधानमन्त्री ओलीको सरकार राष्ट्रवादी नाराका साथ गठन भएको थियो । त्यो राष्ट्रवादी चरित्र अब ओलीले भारतसामु देखाउन आवश्यक छ । भारतले भूकम्पमा परेका नेपालीहरूलाई नाकाबन्दी गरेर देखाएको चरित्रप्रति प्रधानमन्त्री ओलीले आाखा नचिम्लियून् भन्ने सम्पूर्ण नेपालीको चाहना छ । यदि प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नेपालको चाहनाविपरीत नेपालका नदीनाला बुझाउने सम्झौता गरे भने त्यो उनकै लागि सबैभन्दा ठूलो घातकसिद्ध हुनेछ । नेपाली जनताले सधैं धिक्कार्ने पात्रका रूपमा ओली परिचित हुनेछन् । अहिले प्रधानमन्त्री ओलीको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा फेरि सुधारको वातावरण सिर्जना गर्न आवश्यक छ । यो भ्रमणमा जुनसुकै परिवेश र परिस्थितिमा देखिने द्विपक्षीय सम्बन्धको उतारचढावलाई सिधै राजनीतिक तबहाट सम्बोधन गर्ने कुरामा सहमति गर्न सक्नु नै ओलीको भारत भ्रमण सफल हुने सूत्र मान्न सकिन्छ । नेपाल–भारतको सम्बन्धमा भारतीय कर्मचारीतन्त्रको आवश्यक हस्तक्षेप हटाउन सक्नेतर्फ प्रधानमन्त्रीको ओलीको भारत भ्रमण एजेण्डा बन्न आवश्यक छ । विगतमा नेपालका अन्य प्रधानमन्त्रीहरू जसरी भारत भ्रमणमा गएर असमान सम्झौता गरे, त्यो गल्ती प्रधानमन्त्री ओलीबाट नहोस्, भारत भ्रमणमा ओली नचुकून ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here