नेकपा बाजुराका सह–सेक्रेटरी दानबहादुर गिरफ्तार

123

काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किसोर)लाई गिरफ्तार गरेको छ । खड्कालाई शुक्रबार दिउसो बुढीगंगा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरी निरिक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा विप्लव समुहको संगठन विस्तार र संगठनका गतिविधिबारे प्रचार प्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यलयमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here