बैशाख १८, २०८१ मंगलबार

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : झापाकै बद्नाम नगरियोस्

सम्पादकीय

गत कात्तिक महिनामा झापाको डोमालाल राजवंशी रंगशालामा भएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ ले झापाली फुटवलको इतिहासमा ठुलो धक्का लगाएको छ । कमाउने उद्देश्यले आयोजना गरिएको गोल्डकपमा विजेता भएको क्लव आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अहिलेसम्म पुरस्कार वापतको रकम पाएका छैनन् । झापामा फुटबलको आफ्नै विरासत छ । झापाको फुटबल पूर्वकै पहिचान पनि हो । तर, गलत उद्देश्यका साथ सञ्चालन गरिएको गोल्डकपका कारण आज झापालाई काठमाडौंले हेर्न नजरमा बदलिएको छ ।

गोल्डकप आयोजना गर्ने जायोन क्लव र त्यसका प्रतिनिधि बारे आम नागरिक पनि जानकार छैनन् । छिटपुट मान्छे फुटवल हेर्न मैदान पुगे पनि फुटवलका पारखीहरु मैदान गएनन् । कसैले पनि फुटबल सफल बन्ला भन्ने सोचेको थिएनन् । जवरजस्ती, जसोतसो गोल्डकप सकियो । तर, हिसाव मिलान भइसकेको छैन । आयोजकको कुरा सुन्दा उनीहरुको प्रतिक्रिया रुन्चे छ । २० लाखभन्दा बढि तिरोभरो देखिएको आयोजकसँग उठाउने आधार पनि बलियो छैन ।

झापाको लागि मात्र होइन, देशकै लागि पूर्वमा झापा गोल्डकप पर्याप्त छ । जसका कारण झापा गोल्डकप आयोजना गर्न कठिनाई पनि भइरहेको छ । वर्षौदेखि सगरमाथा चढ्ने भन्दै पैसा उठाउने बिर्तामोडका भक्त खवास सगरमाथा नचढे पनि फुटबल गर्न सफल भए । उनको टिमले आयोजना गरेको गोल्डकपबाट आम झापाली फुटबल प्रेमीको भोक मेटिएको छैन । यसैले झापालाई नै बद्नाम गर्ने गरी आइन्दा यस्ता गतिविधि नगरेकै राम्रो । अर्को वर्ष पनि आयोजना गर्ने हल्ला चल्दैछ । सायद, अबको गोल्डकपमा सहयोग नमिल्न सक्छ । बरु, अहिलेसम्म तिर्न बाँकी रकम जसरी पनि तिर्ने कोशिष गरियोस् । यस्तो भइरह्यो भने आगामी गोल्डकपहरुमा बाहिरबाट क्लव झापा नआउन सक्छन् ।

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]