बैशाख १८, २०८१ मंगलबार

किच्चकबधमा सरसफाई

भद्रपुर । पर्यटन वर्ष २०२० को स्वागत गर्दै भद्रपुर– २ स्थित ज्ञान सरोवर निकेतन माध्यमिक विद्यालयले धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सरसफाई गरेको छ ।

eLd;]gn] lsrs aw ul//x]sf] d”lt{ emfkfsf] eb|k’/–@ l:yt dxfef/tsfnLg k’/ftflTjs dxTjsf] wfld{s ko{6sLo lsrsaw :yndf lgdf{0f ul/Psf] eLd;]gn] lsrs aw ul//x]sf] d”lt{ . t:jL/ M rGb|snf e08f/L, emfkf, /f;;

विद्यालय परिवारले हरियाली वातावरण सहित स्वच्छ र सफा किच्चकबध नारा सहित सरसफाई सम्पन्न गरेको हो । कार्यक्रममा आन्तरिक तथा वाह्य पर्यटन आकर्षणका लागि सफा र स्वच्छ वातावरण निर्माणमा जोड दिइने प्रतिबद्धता सहित अभियान सञ्चालन गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल भक्त कार्कीको अध्यक्षता तथा भद्रपुर २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा भद्रपुर ३ की वडाध्यक्ष कमला थुलुङ, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख नेत्र दाहाल, सञ्चारकर्मी द्रोण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक राजु बरालले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश प्राचार्य प्रेमकुमार कटुवालले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]